मादीबाट पोखरातर्फ आउँदै गरेको टिप्पर दुर्घटना: दुई जना घाइते, चालक फरार
पाेखरा | बैशाख २७, २०८१
पोखरा: कास्कीका मादी गाउँपालिका–५ स्यालटुडा छाचोकबाट पोखरातर्फ आउँदै गरेको टिप्पर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
आज बिहान १०:४५ बजेको समयमा छाचोकबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ४२९८ नम्बरको टिप्पर दुर्घटना हुँदा नुवाकोटका दुईजना घाइते भएका हुन् ।
टिप्पर दुर्घटना हुँदा नुवाकोट ककनी गाउँपालिका–३ घर भई पोखरा महानगर–२६ बस्ने ३५ वर्षीय धनबहादुर तामाङ र ५२ वर्षीय कृष्णबहादुर लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको कास्की प्रहरीले जनाएको छ ।
स्यालटुडा छाचोकबाट ढुङ्गा लोड गरेर पोखरातर्फ आउँदै गरेको टिप्पर सडकबाट अन्दाजी ५ मिटर तल खसेको थियो । दुर्घटनापछि चालक फरार रहेको र अहिले खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

